Comments Add Comment

गृहमन्त्रीले भेटे घाइते मेयर चौधरीलाई

२ चैत्र, काठमाडौं । गत सोमबार विप्लव समूहका कार्यकर्ताबाट आक्रमणमा परेका घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीको स्वास्थ्य अवस्था बारे जानकारी लिन गृहमन्त्री रामबहादुर थापा (बादल) शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

शुक्रबार दिउँसो अस्पताल पुगेका उनले चौधरीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए ।

उनले केही आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याइसकेको बताउँदै अन्य पनि चाँडै पक्राउ पर्ने चौधरीलाई बताए ।

चौधरीलाई गोली र खुकुरी प्रहार गरेको आरोपमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी पक्राउ परिसकेका छन् ।

उनीहरु विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको थियो ।

यो पनि पढ्नुस् 

मेयर चौधरी गोलीकाण्डः चार आरोपी सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment