२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेस काभ्रेका सभापति मधु आचार्यले अाफ्नो पार्टीका निर्दोष नेतामाथि झुठो अारोप लगाएर पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेका हुन् ।
‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ, यो दुःखद् भएको छ, ‘ उनले भने, ‘उहाँलाई स-सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’
सभापति अाचार्यले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा उनीमाथिको अभियोग खारेज गर्न पनि माग गरेका छन् ।
लामालार्इ प्रहरीले पिस्तोल र गोलीसहित पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4