+

आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

२०८३ कात्तिक  ५ गते ८:२५ २०८३ कात्तिक ५ गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने भएको छ।
  • प्लेअफमा आईसीसी क्रिकेट विश्वकप लिग–२ र च्यालेन्ज लिग ‘ए’ तथा ‘बी’ का आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
  • यो प्रतियोगिता नेपालमा हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको डिसेम्बर ९, ११ र १३ को क्रिकेट शृंखलाको तालिका परिवर्तन हुने भएको छ।

५ कात्तिक, काठमाडौं । सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताबाट शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

हालसम्म प्लेअफ खेल्ने ६ टोलीको टुङ्गो लागिसकेको छ । नेपालसहित क्यानडा र यूएई लिग २ को अन्तिम चारमा रहने पक्का भइसकेको छ भने च्यालेन्ज लिग बी बाट इटाली र युगान्डा पनि प्लेअफमा पुगिसकेका छन् ।

अब च्यालेन्ज लिग ए बाट जर्सी आउने पक्का भइसकेको छ भने कुवेतको पनि स्थान लगभग निश्चित छ, तर त्यहाँ अझै खेल बाँकी भएकाले आधिकारिक आउन बाँकी छ ।

लिग २ बाट पनि ओमान र नामिबियामध्ये एक टोली आउनेछन् । जसको पनि आधिकारिक टुङ्गो लाग्न बाँकी छ । यसरी ८ टोलीले प्लेअफ खेल्ने छन् ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।

आईसीसी क्रिकेट विश्वकप क्रिकेट विश्वकप छनोट प्लेअफ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय