+
च्याम्पियन्स लिग फुटबल :

कोमोसँग युनाइटेडको फराकिलो हार

२०८३ कात्तिक  ५ गते ७:५६ २०८३ कात्तिक ५ गते ७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ।
  • कोमोका लागि निको पाजले दोस्रो र ५७औं मिनेटमा दुई गोल गरे, टासोस डुभिकासले ४९औं र जाकोबो रामोनले ७६औं मिनेटमा गोल गरे।
  • जितपछि कोमो ३ खेलमा ६ अंकसहित नवौं स्थानमा उक्लिएको छ भने युनाइटेड ३ अंकसहित २०औं स्थानमा छ।

५ कात्तिक, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब कोमोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हराएको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा कोमोले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। निको पाजले दोस्रो मिनेटमै गोल गर्दै कोमोलाई अघि बढाएका थिए।

दोस्रो हाफमा कोमोले थप तीन गोल गर्‍यो। टासोस डुभिकासले ४९औं मिनेटमा गोल गरे भने पाजले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

जाकोबो रामोनले ७६औं मिनेटमा कोमोका लागि चौथो गोल थपे।

म्यानचेस्टर युनाइटेडका जोसुआ जर्क्जीले इन्जुरी समयको पहिलो मिनेटमा गरेको गोल सान्त्वना बन्यो।

जितपछि कोमो ३ खेलमा ६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलबाट ३ अंक जोडेर २०औं स्थानमा छ ।

म्यान्चेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय