Comments Add Comment

श्रममन्त्री विष्टको प्रतिवद्धता : विदेश जानेको हितमा प्रभावकारी काम गर्छु

२ चैत, काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कामका लागि विदेश जाने नेपालीको हितका लागि सरकारले प्रभावकारी कदम चाल्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै विष्टले देशभित्रै रोजगारी सिर्जना गर्न कार्ययोजना बनाउने र श्रमिकको हक हितको लागि सामाजिक कल्याणको योजना पनि ल्याउने बताएका छन् ।

मन्त्री विष्टले बेरोजगारी समस्या समाधानका लागि उपयुक्त कानुनी व्यवस्था गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार सपथ लिएपछि मन्त्री विष्टले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment