Comments Add Comment

सातौं स्थानका लागि नेपाल र नेदरल्याण्ड भिड्दै

३ चैत, काठमाडौं । आईसीसी एक दिवसीय मान्यता पाएको नेपालले शनिबार विश्वकप छनौट चरणको अन्तिम खेल नेदरल्याण्डसँग खेल्दै छ । सातौं स्थानका लागि नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

खेल दिउँसो सवा १ बजेदेखि सुरु हुँदैछ ।

गत बिहीबार पपुवा न्यूगिनीविरुद्ध भएको प्लेअफ खेलबाट नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपाली क्रिकेट टोलीले पाएको हालसम्मकै ठूलो सफलता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment