Comments Add Comment

स्वदेशी कपडा प्रवर्द्धनका सांसद लाग्नुपर्ने

३ चैत, ललितपुर । जिल्लाका कपडा उद्योगमा संलग्न व्यवसायीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य लाग्नुपर्ने बताएका छन् ।

लुभु र बाँडेगाउँका कपडा व्यवसायी संघले शुक्रबार टीकाथलीमा आयोजना गरेको अन्तक्र्रियामा व्यवसायीले नेपाली कपडाले विदेशबाट आयात भएका कपडासँग प्रतिष्पर्धा गर्न गाह्रो भएको बताए ।

ललितपुर उद्योग वाणिज्य संघ २ नं क्षेत्रीय अध्यक्ष जुजुकाजी महर्जन स्वदेशी वस्तुको उपयोग नगर्ने चलनले गर्दा कपडा उद्योगसमेत समस्याग्रस्त बनेको बताउँदै परम्परागतरुपमा कपडा बुन्ने उद्योग सञ्चालन भएकामा अहिले बस्ती घना हुँदा व्यवसायीलाई गाह्रो भएको गुनासो गरे । उनले भने, “कपडा उद्योगको राम्रो सम्भावना भएकाले यसको स्थापना, सञ्चालन र बजारका लागि संसद्को सहयोगको खाँचो छ ।” स्थानीय व्यवसायी सुशील श्रेष्ठले जिल्लालाई कपडा उद्योगको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद् पम्फा भुसालले जिल्लाको मात्रै नभएर देशको आर्थिक विकासमा कपडा उद्योगले भूमिका खेल्न सक्ने बताइन् । सांसद कृष्णलाल महर्जनले भन्सारमा कपडाभन्दा धागोमा कर बढी तिर्नुपर्ने हुँदा व्यवसायीले सस्तो मूल्यमा कपडा बनाउन नसक्ने बताइन् । सांसद नवराज सिलवालले व्यवसायले दिने रोजगारी र कर नै मुलुकका लागि ठूलो योगदान हुने बताए । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभामा ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कपडा उद्योगको समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment