+
+

उपराष्ट्रपति पदमा पासाङको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३ गते ११:५६
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नन्दबहादुर पुन । तस्वीर: विकास श्रेष्ठ/ अनलाइनखबर

३ चैत, काठमाडौं । उपराष्ट्रपति पदमा नन्दबहादुर पुन ‘पासाङ’को उम्मेदवारी दर्ता भएको छ । शनिबार संघीय संसद भवन नयाँबानेश्वर पुगेर पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनको प्रस्तावकमा एमाले नेता सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघी गुरूङ छन् । यसैगरी समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्र प्रसाद गाैतम रहेको पासाङका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति पदमा भने विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भइसकेकी छन् । उपराष्ट्रपतिमा पुन निर्वाचित हुने पक्का रहेकाले उनको लागि पनि यो दोस्रो कार्यकाल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?