Comments Add Comment

शी जिनपिङ र मोदी यसैवर्ष नेपाल आउँछन्ः परराष्ट्रमन्त्री ज्ञवाली

३ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८मै भारत र चीनबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणको गृहकार्य पनि सुरु भएको छ तर, कुन देशबाट हुन्छ भन्ने तय छैन ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री ज्ञवालीले अन्तराष्ट्रिय समुदायलाई नयाँ सरकारका सन्देश दिन प्रधानमन्त्रीको विदेश भ्रमणको गृहकार्य सुरु गरिएको हो ।

उनले भने, प्रधानमन्त्री र राष्ट्रपति दुबैले छिमेकी राष्ट्र लगायत अरु देशहरुको भ्रमण गर्नु हुन्छ । छलफलकै चरणमै रहेकाले कहाँबाट सुरु हुन्छ भन्ने तय भएको छैन ।’

उनले भारत र चीनका साथै अमेरिका, बेलायत र जापानबाट उच्चस्तरको भ्रमणको पहल हुने बताए ।

चिनियाँ राष्ट्रपतिलाई २०१६ मै नेपाल ल्याउन पहल भएपनि सरकार परिर्वतनका कारण सम्भव नभएको भन्दै उनले भने, उनले भने,’२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति नेपाल आउनुहुन्छ भन्ने विश्वास छ ।’

भारतले नयाँ ढंगले सम्वन्ध विकास गर्न खोजेको भन्दै उनले विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको जगमा टेकेर दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment