Comments Add Comment

धुर्कोट धार्मिक महोत्सव सुरु

४ चैत गुल्मी । गुल्मीको धुर्कोटमा धार्मिक महोत्सव सुरु भएको छ । ‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ धार्मिक महोत्वस संचालन गरिएको छ ।

धुर्कोट गाउँपालिका-६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो ।

धार्मिक महोत्वस चैत १० गतेसम्म एक हप्ता संचालन हुने आयोजकले बताएको छ । महोत्सवको गुल्मी क्षेत्र नं २ का प्रदेश सांसद दिनेश पन्थीले उद्घाटन गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै पन्थीले पर्यटन पर्वधनका लागि धार्मिक स्थलहरुले महत्वपूर्ण भूमिका रहने बताए । उनले पछिल्लो समयमा गुल्मी जिल्लामा केहि महत्वपूर्ण स्थलहरु पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले जिल्लाको विकास हुन नसकेकेा बताए । त्यसको विकास र प्रचारको लागि आफूहरुले पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्लाका सबै पर्यटकिय तथा धार्मिक स्थलहरुकेा गुरुयोजना बनाई काम गर्ने समेत उनको भनाइ रहेको छ । संसद पन्थीले धुर्कोटकोमा हुन लागेको धार्मिक महोत्वसले समग्र धुर्कोट लगायत सिंगो जिल्लाको नै विकासमा सहयोग पुग्ने आशा ब्यक्त गरे ।

धार्मिक महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन हुनेछ छ । ऐतिहासिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिवबहादुर खत्रीले बताए । धार्मिक महोत्सवमा कुल दुई करोड संकलन गर्ने आयोजकले लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment