४ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका क्षेत्र भित्र खानेपानी वितरणको जिम्मा लिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डको झण्डै ४५ लाख बक्यौंता उठन बाँकी रहेको छ ।
गएको असर मसान्तसम्म १ करोड ३७ लाख रकम २८ हजार रकम पानीको महसुल उठन बाँकी रहेकोमा चालु आ.वमा घटेर ४५ लाख पुगेको हो । त्यसमध्ये १५ लाख रकम पुराना ग्राहकहरुको बक्यौंता हो ।
९ लाख उठाउनुपर्ने ग्राहकको घर ठेगाना फेला पार्न नसकिएको प्रमुख प्रजापति दाहालले बताए ।
विषेश गरी वडा नः १,२,३, ४ र १० का पूराना ग्राहकबाट बढि बक्यौंता रकम उठाउन बाँकी छ ।
बोर्डले वार्षिक ८ करोड रकम पानीको महसुल शूल्क उठाउँदै आएको छ । भरतपुर महानगरका १४ स्थानमा २६ वटा बोरिङबाट दैनिक १ करोड ३५ लाख लिटर पानी वोर्डले वितरण गर्दै आएको छ ।
दैनिक १ करोड ८७ लाख लिटर पानी निकाल्ने गरिन्छ । वोर्डका अहिले २३ हजार पाँचसय ग्राहक छन् । महानगरका वडा नं. १ देखि १५ र वडा नः २२ मा खानेपानी वितरण गरिएको छ ।
बाँकी वडाहरुमा उपभोक्ता समितिहरु मार्फत खानेपानी वितरण गरिएको खानेपानी बोर्डका प्रमुख दाहालले बताए ।
पश्चिम चितवनको मेघौंली, शुक्रनगर, जगतपुरमा छुट्टाछुट्टै खानेपानीको बोरिङ्ग राखेर समिति मार्फत वितरण भैरहेेको छ ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले १ लाख ३३ हजार ८ सय ८३ जनसंख्यालाई पानी पुर्याएको प्रमुख दाहालले जानकारी दिए ।
बोर्डले १० यूनिटसम्मको एक सय रुपैयाँ त्यसमाथि यूनिटको १८ रुपैयाँ थप लिने गरेको छ ।
एक यूनिटमा एकहजार लिटर पानी हुन्छ । एसियाली विकास बैंकको २६ करोड २६ लाख ८८ हजार र भरतपुर महानगरपालिकाको २ करोड ११ लाख ऋण सहयोगमा खानेपानीको बिस्तार गरिएको थियो । त्यो सवै ऋण सहयोग वोर्डले तिरिसकेको छ ।
गत वर्ष ५२.५ किलोमिटर खानेपानीको लाइन बिस्तार गरिएकोमा यसपटक ३२.४ किलोमिटर टेण्डर मार्फत र २५ किलोमिटर उपभोक्ता समिति मार्फत बिस्तार गर्ने काम भैरहेको बोर्डका प्रमुख दाहालको भनाइ छ ।
प्रतिक्रिया 4