+
+
Shares

बंगलादेशले आफ्ना नागरिकको शव आज लैजादै

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते १३:०५

४ चैत, काठमाडौं । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (अाज) काठमाडौंबाट ढाका लगिँदैछ ।

ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ । त्यहाँ प्रधानमन्त्रीको उपस्थिति रहनेछ,’ बंगलादेशी सेनाको न्यूज एजेन्सी आइएसपीआरका सहायक निर्देशक रेजाउल करिमले सोमबार बिहान भने ।

श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।

यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?