५ चैत, भोजपुर । विद्यार्थीको पठनपाठनलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री सिकाइलाई प्रोत्साहित गर्ने उद्देश्यले भोजपुरका ११ वटा विद्यालयमा विद्युतीय पुस्तकालय शुरु गरिएको छ ।
जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका-९ वटा सामुदायिक विद्यालयमा, इलेक्टि्रक पुस्ताकालयको जडान कार्य शुरु गरीएको हो ।
ई-लाइब्रेरी जडानका लागि हतुवागढी गाउँपालिकामा रहेका ९ वटा विद्यालयका लागि गाउँपालिकाबाट ७५ हजारका दरले रकम जम्मा गरिदिने हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए ।
त्यस्तै भोजपुर नगरपालिका ४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय र ट्याम्के मैयुङ गाउँपािलका ९ लेखर्कस्थित सिंहदेवी माध्यामिक विद्यालयमा पनि इलेक्टि्रक पुस्तकालय जोड्न शुरु गरिएको छ ।
ई-लाइब्रेरी जडान भएपछि शैक्षिक गुणस्तर बढ्ने भएकाले विद्यालयमा कम्प्युटर शिक्षा, तथा ई-लाइब्रेरीबाट पठनपाठन सुरु गरिने जनाइएको छ ।
आफूलाई कुन किताब आवश्यक परेको हो त्यो किताबको नाम कम्प्युटरमा टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुनाले एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने जनाइएको छ ।
ई-लाइब्रेरी जडान भएपछि समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने नेपाल लाइवे्ररी फाउडेशनका महासचिव तथा म्यानेजिङ डाइरेक्टर धनकुमार श्रेष्ठले बताए ।
विद्युतीय पुस्तकालय स्थापनाका लागि नेपाल लाइवे्ररी फाउण्डेशन काठमाडौंको प्राविधिक सहयोग रहेको छ ।
प्रतिक्रिया 4