+
+
Shares

संघीयता खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते ११:२५

६ चैत, काठमाडाैं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

संघीयताका दुर्भाग्यपूर्ण परिणाम आउन भन्दा अगाडि नै खारेज गर्न माग गर्दै जनमोर्चाले मंगलबार मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

समाजवादउन्मुख प्रगतिशील नीति तथा कार्यक्रममा आफूहरुको समर्थन रहे पनि राष्ट्रियता अखण्डताका लागि नेपालमा संघीयता स्वीकार्य नहुने जनमोर्चाले पत्रमा स्पष्ट पारेको छ ।

दुई पृष्ठ लामो पत्रमा अन्तरिक संविधान ०६३ मा समेत संघीयता व्यवस्था नभएको उल्लेख गर्दै जनमोर्चाले भारतीय दवावमा अन्तरिक संविधानलाई संशोधन गरी संघीयता ल्याइएको दावी गरेको छ ।

पत्रमा भनिएको छ,’शासन प्रणादीको रुपमा मात्रै संघीयताप्रति जनमोर्चाको बिरोधन छैन । तर, हाम्रो देशको लागि संघीय शासन प्रणाली गम्भीर रुपमा नै घातक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?