Comments Add Comment

प्रियंका भन्छिन्-‘महिलालाई जिस्काउनेलाई पिट्दा केहि फरक पर्दैन’


बलिउड नायिका प्रियंका चोपडा ग्लोबल आइकनको रुपमा परिचित छिन् । उनी, हलिउड चलचित्रमा लागेसँगै उनको फ्यान पनि बढेका छन् । प्रियंका चलचित्रमा मात्र होइन, विभिन्न सचेतनामुलक कार्यक्रममा पनि सहभागी हुँदै आएकी छिन् ।

उनै, प्रियंका दुबइमा आयोजना भएको एक कार्यक्रममा आफ्नो भनाई राख्न पुगिन् । उनलाई, सो समयमा एउटा प्रश्न सोधियो-‘यदि कुनै महिलाले जिस्काएको भन्दै पुरुषलाई पिटिन् भने त्यसलाई सामान्य मानिन्छ, तर कुनै पुरुषले जिस्काएको भन्दै महिलालाई पिट्यो भने त्यसलाई किन अपराध मानिन्छ ?’

यो प्रश्नको जवाफ दिदै नायिकाले भनिन्-‘शारीरिक रुपमा महिला र पुरुष फरक छन् । यदि, कुनै महिला सीइओमा नियुक्त भइन् भने उनीमाथि कुनै प्रश्न उठाउनु आवश्यक छैन । यदि, उनी ५० बर्षकी छिन् भने उनी सीइओ र आमा पनि हुन् । यसैले, उनीमाथि कुनै प्रश्न नसोध्नुहोला ।’

उनले अगाडि भनिन्-‘यसैले, कुनै महिलाले पुरुषलाई जिस्काएको भन्दै पिटिन् भने उनी यसको हकदार हुन् ।’ महिलामाथि प्रश्न उठाउने, काममा अवरोध गर्ने प्रथा बलिउडमा मात्र नभएर विश्वभर रहेको प्रियंकाको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment