Comments Add Comment

ओली सरकार कसैका विरुद्ध होइन्ः सञ्चार राज्य मन्त्री बास्कोटा

६ चैत, काभ्रे । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास र समृद्धिमा सरकारले चालेको अभियानमा सबैले हातमा हात गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

गृह जिल्ला काभ्रेको धुलिखेलमा धुलिखेल नगरपालिकाको दोस्रो नगरसभामा सम्बोधन गर्दै मन्त्री बास्कोटाले अबको समय निर्माणको लागि भएको बताए ।

‘अबको समय निमार्ण, निमार्ण, पुन पनि भन्छु निमार्णका लागि हो, कसैको विरुद्ध होइन्’ उनले भने,’नेपालका निम्ती, मानवीय स्वतन्त्रता र मानवीय विकासका लागि सरकारले काम गर्छ ।’

मन्त्री बास्कोटाले यो वा त्यो नाममा सरकार कसैको विरुद्धमा नलाग्ने भन्दै विकास समृद्धि र रोजगारी सृजनाका सरकार प्रतिबद्ध भएको बताए ।

नेपालमा सम्भावना भएको भन्दै उनले अब सम्भावनालाई कार्यान्वयन गर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment