Comments Add Comment

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

६ चैत, हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएको छ ।

तीनवटा जिल्लालाई छुने पर्सा राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच वर्षको अवधिमा बाघको संख्यामा उल्लेख्य बुद्धि भएको निकुञ्जले जनाएको छ ।

पाँच वर्ष अघि गरिएको सर्बेक्षणमा बाघको संख्या ७ वटा मात्र रहेपनि अहिले करिब २० पुगेको निकुञ्जले जनाएको छ ।

केन्द्रीय स्तरबाट प्रत्यक पाँच/पाँच वर्षमा गरिने भएपनि निकुञ्जले प्रत्यक वर्ष गरेको सर्बेक्षणमा बाघको संख्या बृद्धि भएको पाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

उनले राष्ट्रको कान्छो निकुञ्जलाई पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्ने योजनाका साथ काम गरिरहेको बताए । निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागि आफ्नै क्षेत्रको रमौली प्रतापपुर, रतनपुर, अम्लेखगञ्ज र सुबर्णपुरलाई जनावर अबलोकनको गन्तव्य बनाउँन लागिएको अधिकृत आचार्यले जानकारी दिए ।

मकवानपुर, बारा र पर्सामा फैलिएको निकुञ्जमा सौराहको जस्तो पर्यटकीय गन्तव्यका लागि सबै कुरा रहेको अधिकृत आचार्यले बताए । उनले भने ‘निकुञ्ज क्षेत्रमा गैडा, हात्ति, सहित अन्य सबै जनाबर रहेको छ ।’

अहिले जंगली जनावरको उद्गमस्थल रमौंली प्रतापपुर भएको उनले बताए । त्यहाँ सबै प्रकारका जनावर र चराचुरुङगीको अबलोकन गर्न सकिने बताईको छ ।

निकुञ्जले अहिले आउने पर्यटकका लागि जंगल सफारी, जीप सफारी, हात्ति सफरी र ट्रेकिङको व्यवस्था गरेको अधिकृत आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment