Comments Add Comment

मानवअधिकारकर्मी गुणराज प्याकुरेल सगरमाथा चढ्ने


६ चैत, काठमाडौं । मानवअधिकारकर्मी गुणराज प्याकुरेलले सगरमाथाको आरोहण गर्ने भएका छन् । प्याकुरेलले आगामी सिजनमा सगरमाथा आरोहण गर्ने तयारी गरेका छन् ।

प्याकुरेल दुई वर्ष अगाडि नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्‍याइसकेका सफल आरोही अनिश लुइटेलसँगै आरोहणमा जाने तय भएको छ ।

नेपाल स्काउटका लागि २१ दिन सम्म आमरण अनसन बसेका प्याकुरेलले सगरमाथा आफ्नो मात्र नभएर सारा स्काउटको प्रनिनिधित्व गर्दै चढ्ने बताए ।

‘सगरमाथा चढ्नु सपना हो, सपना देख्नु पर्छ र सपना पुरा गर्न आफ्नो सक्दो कोसिस गर्नुपर्छ’ प्याकुरेल भन्छन् ।

सन् २००९बाट युथ फर ह्युमन राइट्स संस्थाका स्वयंसेवीका रुपमा काम गर्दै आएका प्याकुरेल २०५३ सालदेखि नेपाल स्काउटमा आवद्ध छन् ।

कृति फाउन्डेसनको संस्थापक प्याकुरेल सगरमाथामा नेपाल स्काउट, युथ फर हृयुमनराइट्स् इन्टरनेशनल तथा आफू आवद्ध भएका संस्थाहरुको झण्डा लिएर सगरमाथा आरोहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment