Comments Add Comment

ओमको ३ शाखा सञ्चालनमा

६ चैत, काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एकैदिन काठमाडौंमा ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । फरक फरक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सात दोबाटो शाखाको मंगलवार विधिवत उद्घाटन गरेका छन् ।

कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु वितरण गरेको छ ।  बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन, १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ ।

बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ । बैंकले ७५ हजार देखी ७५ करोडसम्म कर्जा लगानी गर्ने व्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment