+
+

पर्यटनमन्त्रीसँग वायुसेवा निगमको बाचाः १० दिनभित्रै चिनियाँ जहाज उडाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते १९:५८


६ चैत, काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी समक्ष नेपाल वायुसेवा निगमको व्यवस्थापन समूहले त्रिभुवन विमानस्थलमा लामो समयदेखि थन्केर रहेका जहाज १० दिनभित्रै उडाउने प्रतिवद्धता जनाएको छ ।

सोमबार मन्त्रीलाई ब्रिफिङ गर्ने क्रममा निगमका अधिकारीहरूले चिनियाँ जहाजको बारेमा चासो राखेपछि निगमका उच्च अधिकारीहरुले १० दिनभित्रै उडाउने प्रतिवद्धता जनाएका हुन् ।

अहिले वायुसेवा निगमसँग ६ वटा चिनियाँ जहाज छन् । त्यसमध्ये ४ वटा जहाज पाइलटको अभावमा नउडाई राखिएको छ । यसका लागि एनएसीले चीनबाट पाइलट ल्याउने तयारी गरेको छ । तर, अहिलेसम्म चिनियाँ पाइलट भने अाइसकेका छैनन् ।

खरिद गरेको लामो समयसम्म जहाज नउडाई राखेपछि मन्त्री अधिकारीले निगमका अधिकारीहरुलाई सोमबार ‘नचलाउने भए किन खरिद गरेको ?’ भनेर प्रश्न गरेका थिए ।

ब्रिफिङ कार्यक्रममा सहभागी भएका एकजना उच्च अधिकारीले भने,’ हाम्रो व्यवस्थापनले चिनियाँ जहाज १० दिनभित्रै उडाउँछौ भनेर प्रतिबद्धता जनाएको छ ।’ मन्त्रीले ब्रिफिङ कार्यक्रममा जुनसुकै हालतमा भएपनि चिनियाँ विमानहरु तत्काल उडाउन निर्देशन दिएका छन् ।

पाइलट अभाव विश्वभर भएकाले निगमले पाइलट अभाव छ भन्दै जहाज नउडाई राख्ने छृट नभएको मन्त्री अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?