Comments Add Comment

रुसमा विश्वकप नजिते सन्यास लिन्छुः मेस्सी


७ चैत, काठमाडौं । स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ ।

बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन्, त्यसैले उनको आलोचना पनि हुने गर्छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर, फेरि टिममा फर्किएका छन् ।

मेस्सीले अर्जेन्टिनी टीभीसँग भनेका छन्, ‘हामीलाई लाग्छ, यदि रुसमा विश्वकप जितेनौं भने राष्ट्रिय टोली छाड्नुपर्छ ।’

उनले अघि भने, ‘मेरो सपना छ रुसमा उपाधि जित्ने । मेरो चाहना छ कि ब्राजिलमा जस्तै खेल्ने ।’

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment