Comments Add Comment

सन्दिपलाई जर्सी दिँदै दिल्लीका सीईओले भने- विश्वकै नम्बर १ बनेको हेर्न चाहन्छौं

सन्दिपले खोले जर्सी नम्बरको राज


८ चैत, काठमाडौं । आईपीएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दिप लामिछानेको जर्सी सार्वजनिक गरेको छ ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने भनिएको थियो तर, राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गर्‍यो ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

सीईओ डुआका अनुसार दिल्ली डेडरडेभिल्सले झण्डै एक वर्षदेखि सन्दिपलाई पछ्याइरहेको थियो ।

अक्सनअघि सन्दिपलाई ट्रायलका दिल्ली बोलाइयो । उनकोमा ब्याटिङ गर्न ब्याट्सम्यान पनि तयार थिए । तर, पानी पर्‍यो । दिल्लीको आफ्नो इन्डोर सुविधा थिएन ।

‘हामीले सन्दिपलाई प्राइभेट गेमिङ सेन्टरमा लग्यौं, जहाँ बालकालिका आउँछन् र बलिङ मेसिनमा खेल्छन्’ सीइओ डुआले भने, ‘त्यहाँ सन्दिपले झण्डै आधा घन्टा बलिङ गरे ।’

उनले सन्दिपको बलिङ भिडियो आफ्नो मोबाइलमा रेकर्ड गरेका थिए । त्यसलाई टिमका प्रशिक्षक रिकी पोन्टिङका साथै गौतम गाम्भीरलाई पठाए । डुआले भने, ‘रिकी पोन्टिङले धेरै मन पराए र हामीले उनलाई टिममा आवद्ध गर्ने निर्णयमा पुग्यौं ।’

दिल्ली डेडरडेभिल्समा सन्दिपले एक नम्बरको जर्सी लगाउनेछन् । यो उनी आफैंले रोजेको नम्बर हो ।

दिल्लीका सीईओले भने, ‘दिल्लीमा उनले धेरै सिनियर खेलाडीहरुसँग काँधमा काँध जोडेर खेल्ने मौका पाउनेछन् । यसबाट पनि उनले धेरै कुरा सिक्न सक्छन् ।’

सन्दिप नेपालको २५ नम्बरको जर्सी लगाउँछन् । यो उनले आफ्नो भान्जीको जन्मदिन हो र उनलार्इ डेडिकेट गरेर २५  नम्बर रोजेका थिए । दिल्लीमा पनि उनले त्यही नम्बर चाहेका थिए ।

तर, अर्का खेलाडी रबाडाले लिइसकेका थिए । त्यसैले सन्दिपले एक नम्बरको जर्सी छानेका छन् । सन्दिपले भने, ‘यो पनि भान्जीको जन्म महिना हो । त्यसैले उनलाई डेडिकेट गर्न रोजेको हो ।’

उनले अघि भने, म सँधै पहिलो हुन चाहन्छु ।’

जर्सी हस्तान्तरण गर्दै दिल्लीका सीआईओ हेमन्त डुआले पनि उनलाई त्यही शुभकामना दिएका छन् । उनले भने, ‘हामी शुभकामना दिन्छौं कि विश्वकै नम्बर वान लेग स्पिनर बनुन् ।’

प्लेइङ ११ मा पर्ने सम्भावना कति ?

दिल्लीले बोली लगाएपछि १७ वर्षे सन्दिप आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर त बने ।

तर, अब धेरै चासो छ उनी फस्ट ११ मा परेर खेल्न पाउँछन् त ? जर्सी सार्वजनिक कार्यक्रममा पनि सन्दिप र दिल्लीका सीईओले त्यही प्रश्नको सामना गर्नुपर्‍यो ।

सन्दिप भन्छन्, ‘हरेक खेलाडीको चाहना हुन्छ कि मैले खेले पनि नखेले पनि टिमले जित्नुपर्छ । मैले मौका पाएँ भने त्यो राम्रो हुन्छ ।’

दिल्लीका सीईओ डुआले सन्दिपलाई लिएर नेपालीहरुमा कति उत्साह छ भन्ने जानकारी रहेको बताए ।

२७ तारिखबाट दिल्लीको क्याम्प सुरु हुनेछ र सन्दिपले अभ्यास खेलहरु खेल्न पाउनेछन् । उनले अघि भने, ‘त्यहाँ राम्रो गर्न सक्यो भने नखेल्ने भन्ने छैन । तर, मुख्य कुरा टिमको जित हो ।’

साथै कसलाई खेलाउने भन्ने निर्णय प्रशिक्षक र कप्तानले गर्ने भएकाले आफूले भन्न नमिल्ने उनले बताए । उनले अघि भने, ‘दिल्लीमा उनले धेरै सिनियर खेलाडीहरुसँग काँधमा काँध जोडेर खेल्ने मौका पाउनेछन् । यसबाट पनि उनले धेरै कुरा सिक्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment