Comments Add Comment

गर्मीको मेकअपः कसरी टिकाइराख्ने ?

गर्मी होस् या जाडो । जुनसुकै मौसममा आफू सुहाउँदो मेकअप गरेर हिंडन जसलाई पनि मन लाग्छ । अझ महिलामा त मेकअपको चाहना बढी नै हुन्छ । गर्मी याममा भने मेकअप टिकाइराख्नकै झमेला । मेकअप आर्टिस्टहरू पनि गर्मी मौसममा सकेसम्म हल्का तथा वाटरप्रुफ मेकअप गर्न सुझाव दिन्छन् ।

मेकअप बेस

कुनै पनि मेकअपको सुरुवात मेकअप बेसबाट गरिन्छ । गर्मी मौसममा फाउन्डेसनको प्रयोग गर्दा अनुहार भद्दा देखिन सक्छ । तसर्थ फाउन्डेसनको सट्टा कन्सिलरको प्रयोग गर्नु उचित हुन्छ । कन्सिलरले अनुहारको दाग-धब्बा मेटाउँछ र सौन्दर्य बढाउँछ । अनुहारमा डण्डीफोर भए लिक्विड कन्सिलर प्रयोग गर्नुपर्छ । कन्सिलर लगाउँदा चिसो ठाउँमा लगाउनुपर्छ । धेरै पसिना बगेको छ भने कन्सिलर राम्ररी नबस्न पनि सक्छ ।

कम्प्याक्ट पाउडर

कन्सिलर प्रयोग गरेपछि अनुहार सुन्दर देखाउन नाक, गाला तथा च्यापु वरिपरि धुलो कम्प्याक्ट पाउडर लगाउनु राम्रो हुन्छ । कम्प्याक्ट पाउडर लगाउँदा छाला हल्का तन्काउनुपर्छ । पाउडरको प्रयोग सन्तुलित हुनुपर्छ, धेरै पाउडरको प्रयोगले छालाको छिद्र बन्द गर्नसक्छ ।

व्लसन

गर्मी मौसममा पाउडरयुक्त व्लसरको प्रयोग गर्नु उपयुक्त हुन्छ । त्यस्ता व्लसर प्रयोग गर्दा स्किनटोनबारे विशेष ध्यान दिनुपर्छ । स्किनटोन अनुसार व्लसर प्रयोग गर्दा गुलाबी वा लाइट ब्राउन कलरको  व्लसर राम्रो हुन्छ ।

लाइट समर लुकका लागि साधारण मेकअप गर्ने तथा सकेसम्म क्रिमयुक्त व्लसर प्रयोग गर्नबाट जोगिनुपर्छ किनभने त्यसले अनुहारमा छिट्टै पसिना निकाल्छ ।

लिपस्टिक

ओठलाई सुन्दर देखाउन म्याट लिपस्टिकको प्रयोग गर्न सकिन्छ । त्यसमाथि लिप सिलरको प्रयोग गर्नु अझ राम्रो हुन्छ । हल्का तथा आर्कषक रङ्ग गर्मीमा निकै सुहाउँछ । त्यसैले सकेसम्म न्युड कलर प्रयोग गर्नु ठीक हुन्छ । सामान्यतः गर्मी मौसममा पसिनाका कारण लिपस्टिक चाडै बग्ने गर्छ । यसलाई लामो समयसम्म टिकाइराख्न प्राइमर प्रयोग गर्न सकिन्छ । गर्मीमा लिपग्लस समेत प्रयोग गरिन्छ तर गर्मीमा पसिनाका कारण लिपग्लस पनि धेरै टिक्दैन र फैलिन्छ पनि ।

गाजल

हल्का मेकअप गर्दा गाजलमा पनि विशेष ध्यान दिनुपर्छ । गाढा रङ्गको गाजल प्रयोग गर्नु हँुदैन । अझ दिउँसो गाढा गाजलको प्रयोग सकेसम्म नगरेकै बेस हुन्छ । राती कुनै पार्टी तथा पारिवारिक जमघटमा जाँदा भने गाढा रङ्गको गाजल प्रयोग गर्न सकिन्छ ।   गाजलका साथमा आइलाइनर तथा आइस्याडोलाई लामो समयसम्म टिकाइराख्न वाक्सयुक्त आइस्याडो तथा प्राइमर प्रयोग गर्न सकिन्छ ।

गाजल, आइलाइनर तथा आइस्याडो प्रयोग गर्नुपूर्व आँखामुनि कम्प्याक्ट पाउडरको प्रयोग गर्न विर्सनु हुँदैन । कम्प्याक्ट पाउडर लगाउँदा गाजल फैलन पाउँदैन । सकेसम्म पेन्सिल आइलाइनरको प्रयोग गर्नु राम्रो हुन्छ ।

यो पनि जानिराखौं

-गर्मीमा वाटर प्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ ।

-गर्मीमा चम्किलो मेकअपको सट्टा हल्का मेकअप सुहाउँछ ।

-अनुहार दागरहित भए फाउन्डेसनको प्रयोग नगरेकै राम्रो हुन्छ ।

-मेकअपको सुरुवात अनुहार तथा घाँटीमा एस्टि्रन्जेन्ट लोसन लगाएर गर्न सकिन्छ । यसले अनुहारमा जमेको अतिरिक्त तेल सोस्न मद्दत गर्छ ।

-पाउडर सकेसम्म कम लगाउनु राम्रो हुन्छ । धेरै पाउडरको प्रयोगले अनुहारका छिद्र टालिनसक्छ, फलस्वरूप अनुहारमा डण्डीफोर आउनसक्छ ।

-पाउडर लगाएपछि भिजेको स्पञ्ज तथा पफले अनुहार थपथपाउनुपर्छ । यसो गर्दा पाउडर लामो समयसम्म टिकिरहन्छ ।

-सकेसम्म पेन्सिल आइस्याडोको प्रयोग गर्नुपर्छ । ब्राउन वा ग्रे कलरको आइस्याडो पेन्सिलले आँखाको मेकअपलाई सफ्ट तथा स्मोकी लुक दिन्छ ।

-लिपग्लस लगाउनै परे सकेसम्म हल्का लिपग्लसको प्रयोग गर्नुपर्छ ।

-मेकअप निकाल्दा अल्कोहलरहित मेकअप रिमुभर प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment