Comments Add Comment

गुडिरहेको माइक्रोमाथि ढुंगा खस्यो, चालकको मृत्यु

९, चैत, चितवन । नारायणगढ मुग्लिन सडकमा माथिबाट झरेको ढुंगाले किचेर माइक्रोबस चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोबस इच्छाकामना ५ खहरेमा आइपुग्दा माथिबाट चालकको सिटमाथि ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चालकको परिचय खुलेको छैन । बसका अन्य यात्रु भने सकुशल रहेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुर्घटनापछि केहीबेर अबरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्ड अहिले सञ्चालनमा भएको छ । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्डको म्याद बुधबार मात्रै चौथोपटक थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment