Comments Add Comment

सांग्रिलाको हकप्रद सेयरको बाँडफाँट


९ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँट गरेको छ । बैंकको अधिकारिक विक्री प्रबन्धक प्रभु क्यापिटलले बैंकसंगको समन्वयमा उक्त हकप्रद शेयर बाँडफाँट गरेको हो ।

बैंकको मंसिर २५ गतेसम्म कायम साविक सेयरधनीका लागि दश बराबर आठ अनुपातमा हकप्रद सेयर दिएको छ । ११ हजार ७ सय ३२ जना सयरधनीहरुलाई जम्मा ९९ लाख ६५ हजार ८ सय १ कित्ता सेयर फागुन ३० गते बाँडफाँट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

हकप्रद सेयर वितरण पश्चात् बाँकी रहेको हकप्रद सेयर लिलाम बिक्रीको लागि आवेदन माग गरिएको समेत बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment