Comments Add Comment

के पेरिसमा खुल्दैछ सेक्स डल वेश्यालय ?

काउन्सिल अफ पेरिसले सेक्स डलसँग सम्बन्धित एक कारोबारको विरुद्धमा आएको एउटा प्रस्ताव खारेज गरिदिएको छ । उक्त कारोबारलाई महिलाका लागि अपमानजनक बताइएको छ ।

वास्तवमा पेरिसमा एउटा यस्तो कारोबार अहिले विवादको घेरामा परेको छ, जसमा एउटा सिलिकन सेक्स डलसँग एक घण्टा बिताउनका लागि ८९ युरो तिर्नुपर्दछ ।

कम्युनिष्ट पार्षद तथा महिला समूहले यस विषयमा आपत्ति जनाएका थिए । उक्त सेक्स डलको कारोबारलाई बन्द गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि उनीहरुले काउन्सिल अफ पेरिसलाई अध्ययन गर्न आग्रह गरेका थिए ।

यसरी सेक्स डलको वेश्यालय तयार पार्नु महिलाहरुलाई अपमानित गर्नु भएको उनीहरुको भनाइ छ । फ्रान्समा वेश्यालय चलाउनु गैरकानूनी छ ।

तर पुलिसले काउन्सिल बैठक अघि नै सेक्स डल वेश्यालय भनिएको ठाउँको खानतलासी गरेको थियो र त्यस ठाउँमा कानून उल्लंघन गर्ने खालको कुनै पनि कार्य नभएको जनाएको थियो । काउन्सिलले पनि सेक्स डल वेश्यालय सम्बन्धि कुनै नियम विपरितको कार्य नभएको भन्दै त्यस विषयमा अनुसन्धान आवश्यक नभएको निर्णय गर्यो ।

कम्युनिष्ट पार्षदहरुले चाहिँ मानिससँग मिल्दोजुल्दो रहेको यस्ता सेक्स डल फ्रान्समा वेश्यालय पुनः सञ्चालनमा ल्याउने नयाँ खोज भएको बताएका छन् ।

उनीहरुले ती सेक्सडेललाई महिला र पुरुषबीचको सम्बन्धलाई अमानवीयकरणको चरम सीमाको रुपमा व्याख्या गरेका छन् । साथै यस्तो वेश्यावृत्तिको नेटवर्कद्धारा महिलामाथिको शोषण मानव तस्करीसँग जोडिएको अपराधलाई महत्वहीन बनाएको आरोप पनि लगाएका छन् ।

उक्त सेक्सडलको कारोबारलाई पेरिसमा गोप्य राख्ने कोसिस गरिएको छ र गुमनाम ठाउँमा राखिएको छ । खास पहिचान लुकाउने गरी उक्त ठाउँको नाम गेम्स सेन्टर राखिएको छ ।

उक्त कारोबारका मालिक जोशाम लस्कीले पर्सिएन अखबारलाई बताए अनुसार त्यहाँ आने धेरैजसो मानिसमा पुरुष हुने गरेका छन् तर कतिपय प्रेमजोडी पनि त्यहाँ आउँदछन् ।

त्यहाँ तिनवटा कोठा रहेका छन् र एउटा कोठामा डेढ मिटर साइजको हजारौँ मूल्य पर्ने सिलिकन सेक्स डल राखिएको छ ।

ग्राहकले अनलाइनमार्फत भुक्तानी गरेर उक्त सेक्स डल वेश्यालयमा पुग्ने गरेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment