+
+

टाइगरको लोकप्रियताबाट दिशा रुष्ट ! सुरु भयो खटपट

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते २०:४९

आफ्नो प्रेमीले लोकप्रियता पाउँदा प्रेमिका दंग पर्नुपर्ने हो । तर, बलिउडका लभ कपल्स टाइगर श्राफ र दिशा पटानीको हकमा त्यसो भइरहेको छैन ।

यो जोडी लामो समयदेखि रिलेसनसीपमा छ । तर, पछिल्लो समयमा भने उनीहरुबीच खटपट सुरु भएको चर्चा भारतीय मिडियाहरुले गरेका छन् । खटपट सुरु हुनुको कारण हो, टाइगरको लोकपि्रयताबाट दिशाले असुरक्षित महसुस गर्नु ।

टाइगर र दिशाको रियल जोडी बागी २ मा सँगै देखिँदैछ । तर, फिल्ममा केवल टाइगरको मात्रै चर्चा छ । दिशालाई कसैले गनेकै छैन । यसबाट उनी असन्तुष्ट बनेको बुझिएको छ ।

मिड डेले सूत्रलाई उद्वृत गर्दै लेखेको छ, ‘उनीहरुबीच सम्वन्ध ठिक चलिरहेको छैन । फिल्मको प्रमोसनका क्रममा उनीहरुको झगडा भएको थियो । सबै लाइमलाइट टाइगरलाई मिलेकाले दिशा बेखुश छिन् । उनलाई यो कुरामा पनि असन्तुष्टी छ कि ट्रेन्ड डान्सर भएर पनि फिल्ममा उनको एउटा पनि सोलो ट्र्याक छैन ।’

केही समय अगाडि दिशाको नियन्त्रणमुखी स्वभावको बारेमा विभिन्न समाचार आएका थिए । समाचारअनुसार टाइगरको हरेक कुरामा निगरानी र नियन्त्रण राख्ने गरेकी छन् । यतिसम्म कि दिशाले बारम्बार टाइगरको फोन चेक गर्छिन् र अरु महिला को-स्टारसँग फोनमा कुरा गर्न दिन्नन् । साथै उनले इन्टाग्राममा कुनै अभिनेत्रीको तस्वीरमा लाइक ठोक्न समेत पाउँदैनन् ।

प्रेमिकाको कारणले टाइगर निकै बदलिएका पनि छन् । उनले आफ्ना धेरै साथीहरुसँग सम्वन्ध बिगारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?