+

मदन भण्डारी गोल्डकपमा आर्मीलाई हराउँदै आयोजक अन्तिम चारमा सुरक्षित

२०७४ चैत  १२ गते १८:०२ २०७४ चैत १२ गते १८:०२
मदन भण्डारी गोल्डकपमा आर्मीलाई हराउँदै आयोजक अन्तिम चारमा सुरक्षित

१२ चैैत, बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रामनगरस्थित मानवज्ञान माविको मैदानमा सोमबार कडा प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-१ गोल अन्तरले पाखा लगाउंदै आयोजकले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

खेलको १४ औं मिनेटमा विवेक बस्नेतको गोलमार्फत अग्रता लिएको आर्मीमाथि दोस्रो हाफमा आयोजक हावी भयो ।

आयोजक टिमका विदेशी खेलाडी म्याक्सले ६२ औं र ६७ औं मिनेटमा दुई गोल गरे भने अर्का विदेशी खेलाडी अब्बाले ७५ औं मिनेटमा गोल गरे ।

अब आयोजक टिम थ्री स्टार क्लब र हिमालयन एफसी मलेसियाबीच हुने खेलको विजेतासँग चैत १६ गते सेमिफाइनल खेल्नेछ ।

मंगलबारको दोस्रो क्वाटर फाइनल खेल एपीएफ क्लब र बुटवलकको सुनौलो संगम युवा क्लबबीच हुने छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय