+
+

खुमबहादुरको स्वास्थ्य बुझ्न दुई नेतालाई भारत पठाउने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १२ गते १८:२०
कांग्रेस नेता खुमबहादुर खड्का अस्पतालको शय्यामा । फाइल तस्वीर

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न दुई नेतालाई भारत पठाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले शंकर भण्डारी र रमेश लेखकलाई भोलि नै भारत पठाउने निर्णय गरेको हो ।

बैठकले खड्काको गम्भीर स्वास्थ्य स्थितिप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्लाभको कामना गरेको छ ।

मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।

उनलाई  भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँदिल्ली लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?