Comments Add Comment

८५ वर्षीय कैदीको उपचारका क्रममा मृत्यु


१३ चैत, महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए ।

नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार ०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहरको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भएको ठाकुरले बताए ।

मृतक मुसहरको शव परिवारजनले बुझेर अन्तिम संस्कारका लागि घर लैजाने तयारी भइरहेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment