+
+

उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १२:५३

१३ चैत, काठमाडौं । अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन हुनसक्ने अनुमान हुन थालेको छ ।

उत्तर कोरियाका उच्च अधिकारी ट्रेनमार्फत बेइजिङ पुगेको खबर जापानी मिडियामा आएको थियो । दक्षिण कोरियाले उच्च अधिकारीको पहिचान नभएको बताएको छ तर, घटनाक्रमलाई होसियारीपूर्वक हेरिरहेको बताएको छ ।

उत्तर कोरिया र चीनले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यदि किम बेइजिङ पुगेको भए २०११ मा पद सम्हालेयताकै पहिलो विदेश भ्रमण हुनेछ ।

गत पहिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनपेक्षित रुपमा किमलाई भेट्ने प्रस्ताव स्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?