Comments Add Comment

अनावश्यक खानाले बुढोपन ल्याउन सक्छ

कुनैबेला भनिन्थ्यो, भरपेट खानुपर्छ ताकत आउँछ ।

कुनैबेला भनिन्थ्यो, भरपेट खानुपर्छ ताकत आउँछ । अर्थात जति धेरै खाइन्छ, उत्तिनै शरीर बलियो हुन्छ । तगडा हुन्छ । हो, हामीले जतिपनि खान सक्छौं । तर, खाएको कुरा पाचन-यन्त्रले पचाउन भने सक्दैन । अर्को कुरा, शरीरको सक्रियता अनुसार निश्चित पोषक तत्वको आवश्यक हुन्छ । ति पोषक तत्व खानाबाट नै प्राप्त हुने हो । तर, आवश्यक्ताभन्दा बढी खाना पच्दैन ।

विश्वमै सवैभन्दा बढी उमेर बाँचेकी एक जापानी बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउ, धेरै बाँच ।’

खानाको सन्तुलन र मात्रा मिल्यो भने मात्र हामी निरागी एवं स्वस्थ्य हुन्छौं । धेरै खानेकुरा खाँदैमा तगडा भइन्छ भन्नु भ्रम हो ।

पौष्टिक आहार पनि हानिकारक

उच्च क्यालोरी र फ्याट भएको खाना मात्र स्वास्थ्यको लागि हानिकारक हुँदैन । कुनै प्रकारको पौष्टिक आहार पनि आफ्नो क्षमता भन्दा बढि खाँदा शरिरलाई हानि गर्छ ।

एक अध्ययन अनुसार खानाको अनुपातमा ध्यान दिइएन भने वा लापरवाही गरेर जे पनि खाइयो भने त्यसको असर उमेरमा पनि पर्छ । र अनुहारको छाला चाउरी पर्न थाल्दछ । साथै कपाल पनि र्झन थाल्छ । त्यसैले धेरै खाना खाने बानी छोडेर आफ्नो वजनलाई नियन्त्रण गर्नुपर्छ । र सँधै जवान देखिन्छ ।

तनावमा खाना

धेरै तनाव लिँदा कार्टिसोल नामक हर्मोन रिलिज हुन्छ । जसले प्रोटिन र आवश्यक पोषक तत्वको शोषण रोक्छ । यो हर्मोनले शरिरको रिपेयर गर्ने प्रक्रियाको पनि अवरुद्ध गरिदिन्छ । खाना खाने समयमा तनावग्रस्त रहँदा खानेकुराबाट पाउने पोषण प्राप्त हुँदैन । जसले गर्दा शरिरलाई नराम्रो असर गर्छ ।

टि.भी. हेर्दै खाना

जव आफ्नो फेबरेट शो हेरिरहेको हुन्छ ,तव भोक लाग्छ । र, टि.भी हेर्दै खान सुरु गरिन्छ ।  यसरी खाँदा शरिरलाइ हानि पुग्छ । एक सर्वेक्षणका अनुसार, जव खाना खाने समय ध्यान अरु कतै जान्छ तव जरुरत भन्दा धेरै खाना खाइन्छ । र कति खाना खाए भन्ने कुरा पनि थाहा हुँदैन । त्यसैले टि.भी हेर्दै खाना खाने बानि छ भने त्याग्नुपर्छ ।

धेरै गुलियो खानु

चकलेट या पेष्ट्री खाँदा कम्मरको बोसो मात्र बढ्दैन , अनुहारको छालामा पनि नराम्रो असर पर्न सक्छ । गुलियो खानेकुरामा चिनीको मात्रा धेरै हुन्छ । जसले गर्दा अनुहारको छालाको प्राकृतिक चमक हराउन थाल्छ । चिनीको मात्रा धेरै हुँदा इलेस्टिन र कोलेजन जुन छालाको नरम बनाएर राख्ने प्रोटिनको उत्पादनमा कमि आउँछ । जसका कारण छाला चाँडै चाउरी पर्न थाल्छ ।

धैरै नुनको प्रयोग

खानामा अत्याधिक नुनको प्रयोग गर्दा शरिरमा पानी जम्मा भएर बस्छ । जसका कारण आँखाको मुनि कालो दाग-धब्बा देखिन थाल्छ । छाला पनि चाँडै चाउरी पर्न थाल्छ, त्यसैले नुनको धेरै सेवन गर्नबाट बच्नुपर्छ ।

धेरै चिया कफिको प्रयोग

चिया कफिमा हुने कफिनले छालामा एकदमै असर गर्छ । यसले छालालाई मात्र होइन कपाल र नङलाई पनि असर गर्छ ।

सुगर फ्री खानेकुरा खाने

सुगर फ्री खानेकुरा खानाले हाम्रो स्वास्थ्य एकदमै राम्रो हुन्छ । यो तथ्य गलत हो कि सुगर फ्री खानेकुरा पनि एस्परेटम , सेकरिन र सुक्रोलोज जस्ता तत्व मिलेर बनेको हुन्छ जुन शरिरको लागि धेरै हानिकारक हुन्छ ।

भोक लाग्दा पर्खनु

भोक लाग्दा धेरैबेर सम्म पर्खन मुस्किल नै हुन्छ । भोक लागेको बेला घ्रेलिन नामक हर्मोन रिलिज हुन्छ जुन हर्मोनको कारणले खाना खाने इच्छा बढाइदिन्छ । जसका कारण खाना धेरै खाइन्छ , पौष्टिक तत्वको मात्रा बढि हुन्छ र शरिर धेरै भद्दा देखिन्छ । अनि, उमेर भन्दा बढीको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment