Comments Add Comment

पानी तान्ने मोटर विगारेको भन्दै ६ वर्षीया बालिकालाई गोबर खुवाइयो

१३ चैत, नेपालगन्ज । बाँकेको कोहलपुरको मदनचोकमा साथीसँगै खेलिरहेकी ६ वर्षीया बालिकालाई गोबर -भैसीको दिसा) खुवाइएको छ ।

कोहलपुर नगरपालिका-३ मदनचोककी गीता परियारले पानी तान्ने मोटर बिगारेको भन्दै ती बालिकाको मुखमा गोबर कोच्याइदिएकी हुन् ।

बालिका सोमबार साँझ ६ बजेतिर साथीसँग खेल्दै गरेको अवस्थामा पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ५० वर्षीया परियारले गोबर खुवाइदिएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले बालिकालाई गोबर कोच्याएको अभियोगमा परियारलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार बालिकालाई मेडिकल गरी अनुसंधान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment