+
+

भूकम्पले क्षतिग्रस्त घरको प्रबलीकरणका लागि प्राधिकरणले विशेष अभियान संचालन गर्ने

डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १६:४४


१३ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरको प्रबलीकरणका लागि विशेष अभियान संचालन गर्ने भएको छ । पुनर्निर्माणको कामले गति लिइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निश्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको हो ।

हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । प्रबलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्थाहरू डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्राधिकरणलाई सहयोग गर्ने भएका छन् ।

यी तीन संस्थाबीच आगामी २ वर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति बनेको छ । तालिमका क्रममा १ हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रबलीकरण हुनेछ । त्यस्ता तालिमका क्रममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त बर्गमा परेका लाभग्राहीका घरसमेत प्रबलीकरण गरिने छ ।

यूएनओपिएसले प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ ।

प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरूले प्रबलीकरणको पाठ्यक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।
पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरूलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । डकर्मीको तालिम पनि साथसाथै आयोजना गर्ने योजना प्राधिकरणको छ ।
प्रबलीकरण कार्यको शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले समन्वय र अनुगमन गर्नेछ ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा तीन सय ७६, काभ्रेपलाञ्चोकमा दुई हजार चार सय १५, दोलखामा ६ सय ३७, रामेछापमा दुई हजार एक सय ४९, गोरखामा दुई हजार १९, धादिङमा एक हजार चार सय ९४ र नुवाकोटमा नौ सय ३६ घर प्रबलकरण गर्नुपर्ने प्राधिकरण बताउँछ ।

त्यस्तै, रसुवामा एक सय १७, ललितपुरमा ६ सय ६७, ओखलढुंगामा एक हजार ६ सय ४३, सिन्धुलीमा दुई हजार चार सय आठ, मकवानपुरमा चार हजार एक सय ५२, काठमाडौंान पाँच सय ७५ घर प्रबलीकरण सूचीमा परेका छन् । यसबाहेक विभिन्न ३१ जिल्लामा निजी आवास प्रबलीकरण सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?