Comments Add Comment

‘भैरे’मा माया लगाउँदै दया र सुरक्षा

नायक दयाहाङ राइलाई दर्शकले अहिले चलचित्रका गीतमा गज्जबको नृत्य गरेको हेर्न पाइरहेका छन् । एकपछि अर्को चलचित्रमा दयाले नृत्य गरिरहेका छन् । उनै, दयाको नृत्यको रहेको चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जेठ १८ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको दोश्रो लोक शैलीको गीत रिलिज गरिएको हो ।

यम बराल र अन्जु पन्तको स्वर रहेको गीतमा एभरेष्ट सूर्य बोहराको शब्द, यम बरालकै संगीत छ । सूर्यले नै चलचित्रको निर्देशन गरेका हुन् । भिडियोलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै दयाले आफूलाई नाच्न भन्ने वित्तिकै ज्वरो आउने गरेको तर यो गीतमा सकेको काम गरेको बताए । नायिका सुरक्षा पन्तले दयाहाङले भन्दा आफूले बढी टेक खाएको सुनाइन् ।

यो चलचित्रमा प्रेम प्रसाद पौडेल र देविमाया अधिकारीको लगानी छ । चलचित्रमा बर्षा सिवाकोटी, वुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकार को पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment