Comments Add Comment

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

१३ चैत, काठमाडौं । सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले कावासोती, हेटौँडा, बीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङ्गमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो महिना पूरा गरेको छ ।

कम्पनीको अनुसार तेस्रो महिनामा ५१७ टेस्ट राइड सञ्चालन भएको छ र ग्राहकको उत्साह सकारात्मक रहेको छ ।

नेपाली परिवारलाई खरिदअघि नयाँ अनुभव दिलाउने कम्पनीको उद्देश्य हालसम्मको ग्राहकको प्रतिक्रियासँगै पूरा हुँदै आएको कम्पनी बताउँछ ।

सेल्स, मार्केटिङ र स्ट्रेटजीका डीजीएम सिराज पन्तको भन्छन्, “हामी हालसम्म प्राप्त भएको प्रतिक्रियासँग धेरै विश्वस्त छाैं र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौँ । ”

सेलेरियो “द पर्फेक्ट फेमिली कार” को गत पुस महिनामा टेस्ट राइड अभियानसँगै प्रारम्भ भएको थियो जसमार्फत ग्राहकहरुलाई प्रत्येक टेस्ट राइडमा उपहार प्रदान गरियो र एक भाग्यशाली ग्राहकले रु १ लाखको क्यासब्याक प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment