+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अस्थायी शिक्षकको परीक्षा बिथोल्ने क्रान्तिकारीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते ११:३८
विरोध कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत

१४ चैत, भक्तपुर । सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने परीक्षा स्थगित नहुने बताइसकेका छन् । र, आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् ।

वार्ता समिति गठन भएको भोलिपल्टै भक्तपुरमा आयोजित एक कार्यक्रममा अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउँदो २३ गते जबरजस्ती गर्न खोजिए परीक्षा विथोल्छौं ।’

शिक्षा शास्त्र संकायको सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीले आयोजना गरेको खुल्ला विरोध सभामा बोल्दै बस्नेतले भने, ‘शिक्षकको लाइसेन्स लिएका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धावाट वञ्चित गरिए शिक्षा क्षेत्रमा भयावह स्थिति आउनेछ ।’

बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन बसेका शिक्षाशास्त्र संकायका विद्यार्थीको न्यायपूर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसँग माग गरे ।

विरोध कार्यक्रममा सानोठिमी क्याम्पसका स्ववियु सभापति रमेश खड्का र क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष प्रकाश केसीले शिक्षा ऐनको नवौं संशोधन खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।

मंगलबार प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई परिक्षा स्थगित गराउन माग गरेका थिए । लगत्तै शिक्षा मन्त्री पोखरेलले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

अस्थायी शिक्षकहरु परीक्षा स्थगित गराउन माग गर्दै र विद्यार्थीहरु खुला आरक्षण २५ प्रतिशत मात्रै निर्धारण गरीएकोमा विरोध जनाउँदै छुट्टा छुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?