+
+

उत्तरी सीमा रेखदेखका लागि सशस्त्रले खटायो टोली

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १०:१६
फाइल तस्वीर

१४ चैत, दार्चुला । भारतीय पक्षले महाकाली नदीमाथि एकतर्फी पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाले टोली खटाएको छ । गुल्मले बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार पठाएको हो ।

भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको–२ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चारवटा पुल निर्माण गरेको थियो ।

सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए ।

‘गुल्मबाट प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा बन्दोबस्तीका सामानसहित मंगलबार सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न र सीमा क्षेत्रमा ओसारपसार हुने अवैध सामान नियन्त्रण गर्न टोली त्यसतर्फ गएको हो,’ गुल्मपति जोशीले भने ।

प्रनानि चन्दको कमाण्डमा खटिएको १५ जनाको टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाको तिंकरसम्म पुग्ने उनले जानकारी दिए । सशस्त्र प्रहरीले त्यहाँ रहँदासम्म सीमा क्षेत्रमा हुने अवैध किसिमका गतिविधिको निगरानी गर्नेसमेत जनाइएको छ ।

यसअघि फागुन २८ गते नेपाली सेनाको एक टुकडी सीमा क्षेत्रको वस्तुगत अवस्था बुझ्न तथा दुर्गम क्षेत्रमा नेपाली सेनाको उपस्थिति देखाउन व्यास गाउँपालिकाको छाङरु गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?