+

मलेसियन टिमलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

२०७४ चैत  १४ गते १८:११ २०७४ चैत १४ गते १८:११
मलेसियन टिमलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

१४ चैैत, बुटवल । थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मकक खेलमा पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोल अन्तरले रोक्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८४ औं मिनेटमा हिमालयनका तिर्थ बस्नेतले पहिलो गोल गरेका थिए । तर, ८६ औं मिनेटमा थ्रीस्टारले बराबरी गोल फर्कायो । खेलको इन्जुरी समयमा विदेशी खेलाडी मार्टिन्सले निर्णायक गोल गरेर टिमलाई जित दिलाए ।

थ्रीस्टार तिलोत्तमा गोल्डकपको उपाधि विजेता हो ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भोलि विभागीय टिम नेपाल पुलिस र मनाङ मस्याङ्दी क्लब प्रतिस्पर्धा गर्नेछन् ।

मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय