+
+

वृज सिमेन्ट, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते २०:०७


१४ चैत, काठमाडौं । बृज सिमेन्ट इण्डष्ट्रि्रज प्रालि तथा केडिया अर्गनाइजेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेडिसिन इन रिमोर्ट एरिया हिमालयसंस्थासँग ३ बर्षको लागि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निशुल्क औषधी, प्राथमिक उपचार, सुलभ शिक्षा प्रदानका गर्ने सम्झौता गरेको छ ।

यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्ट इण्डष्ट्रि्रज प्रालि, मिरा हिमालय तथा पुष्पतारा केडिया फाउन्डेशनबीच भएको हो ।

हिमाली क्षेत्रमा मिरा हिमालय (दुर्गम क्षेत्रहरुमा औषधी, हिमालय), एक परियोजना जसको विस्तारको सुरुवात एड्रिन हायसले मिसन हिमालय नामक संस्थासँग मिलेर गरेका थिए ।

सम्झौताअनुसार वृज सिमेन्ट र पुष्पतारा फाउन्डेशनको तर्फबाट ‘मीरा हिमालय (दुर्गम क्षेत्रहरुमा औषधी, हिमालय)परियोजनाका लागि त्यस क्षेत्रका जनतालाई आवश्यक पर्ने भौतिक संरचना निर्माण, प्राथमिक उपचार तथा औषधी बितरणमा सहज हुने कम्पनीको अपेक्षा गरिएको छ ।

यो कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनबाट रु ५ लाख बराबरको सहयोग गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?