+
+

आमिर र फातिमाको निकटताले कट्रिनालाई टेन्सन !

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १५ गते ९:१०

बलिउड अभिनेत्री कट्रिना कैफ र फातिमा बीच निकै ठूलो अन्तराल छ । कट्रिना लामो समयदेखि स्थापित मुलधारकी नायिका हुन् भने फातिमा भर्खर-भर्खर पाइला टेकेकी अवआगन्तुक । तर, अहिले फातिमाको कारण कट्रिनाले असुरक्षित महसुस गर्न थालेकी छिन् ।

भारतीय मिडियाका अनुसार फातिमाको अभिनेता आमिर खानसँग अत्यधिक निकटता उनको चिन्ताको विषय बनिरहेको छ । यही निकटताका कारण आमरिले ठग्स अफ हिन्दोस्तानबाट आफ्नो रोल काटेर फातिमाको रोल थपेको आशंका कट्रिनाले गर्न थालेकी छिन् ।

त्यसो त फिल्ममा हिरोइनहरुको धेरै रोल नै छैन । यो फिल्म आमिर खान र अमिताभ बच्चनमा केन्द्रित छ । कट्रिनाले आदित्य चोपडा र यश राज फिल्म्ससँगको सम्वन्धका कारणले यो प्रोजेक्ट स्वीकार गरेकी थिइन् । तर, आमिर र फातिमाबीचको बढ्दो हिमचिमले उनी असुरक्षित महसुस गरिरहेकी छिन् । फातिमा आमिरको फिल्म दंगलबाट नै लाइमलाइटमा आएकी थिइन् । त्यसैले उनलाई आमिरले काखी च्याप्ने कट्रिनाको आशंका छ ।

कट्रिनाले आफ्नो मनको सबै भँडास आदित्य चोपडासँग पोखिसकेको बताइन्छ । र आदित्यले भरोसा दिलाएका छन् कि उनको भूमिकामा कैंची लाग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?