+
+

उर्वसी रौतेलाको नाममा होटल बुक गर्ने को ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १०:४३

मुम्बई । बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेलाको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको सार्वजनिक भएको छ । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी छिन् ।

बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी पाएकी थिइन् । होटलका स्टाफले उनलाई होटल बुकवारे जानकारी गराएका थिए ।

उर्वसीले आफुले बुक नगराएको जानकारी होटललाई गराएपछि होटलले टिकट बुक गराउनेको डिटेल चेक जाँच गर्दा अनलाइन बुकिङ गराएको पाएको थियो । उर्वसीको नाममा खोलेको फेक आइडीवाट होटल बुक गराएको रहस्य खुलेको थियो ।

प्रहरीले आइपी एड्रेस स्क्यान गरेको छ । प्रहरीको चेकजाँचपछि मात्रै कुन मुलुकवाट होटल बुक भएको हो जानकारी हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?