Comments Add Comment

फिटनेस टकः विकिनी बडी बनाउन बर्षाको कसरत, सेता चिज खानै छाडिन् (फोटो र भिडियोसहित)

चलचित्र ‘भैरे’मा समावेश ‘सान्नानीलाई’ बोलको गीतमा आफूलाई नियालेपछि नायिका बर्षा शिवाकोटीलाई पिर लाग्न थाल्यो । यो गीतमा उनी निकै मोटी देखिएकी छिन् ।

उनले यूट्यूवमा आएका कमेन्टहरु पनि पढिन् । उनको मोटाईबारे थुप्रैले टिप्पणी गरेका थिए । त्यसपछि उनलाई लाग्यो, हैट अब त दुब्लाउनैपर्छ । बर्षा अहिले जिम धाउन थालेकी छन् । ललितपुरमा रहेको एउटा क्लबमा उनी दैनिक पुग्ने गर्छिन् । करिब दुई घन्टा स्यास्या गर्दै पसिना बगाउँछिन् ।

बर्षासँग गरिएको ‘फिटनेश टक’को भिडियो यहाँ हेर्नुहोस्ः


अनलाइनखबरले सुरु गरेको नयाँ स्तम्भ ‘ओके फिटनेस टक’मा हामीले बर्षासँग उनले फिट रहन गरेको विभिन्न क्रियाकलापलाई प्रस्तुत गरेका छौ । डेढ महिनादेखि जिम जान थालेकी हुन् उनी । ५५ केजी तौल भएपछि जिम जान थालेकी बर्षा अहिले ५ केजी घटिसकेको बताउँछिन् । तर, चलचित्रको छायांकनको समयमा खानेकुरा बढी खाने भएकाले फेरि मोटाइने चिन्ता उनलाई छ । उनको योजना ४५ केजी तौल बनाउने छ । खासगरी उनलाई आफ्ना पुक्क परेका गाला घटाउनु छ ।

दैनिक जिम गर्दा गाह्रो हुने उनले अनुभव सुनाइन् । उनले पर्सनल ट्रेनर नै राखेर जीम गरिरहेकी छिन् । बर्षाको योजना विकिनी बडी बनाउने हो । उनले भनिन्- ‘मलाई ट्रेनरले कुन सेप बनाउने भनेर फोटो देखाउँदा मलाई विकिनी बडी भनेको थाहा भयो । यसैले, यही शैलीको सेप नै बनाउने तयारी गरेकी हुँ । विकिनी बडी बनाएर विकिनी नै लगाउने चाहिँ होइन ।’

बर्षाले आफूले खोजेजस्तो शरीर २ महिनामा बन्ने आशा लिएकी छिन् । पछिल्लो समय सेतो कुरा केही पनि नखाएको बर्षाले बताइन् । उनले भनिन्-‘मैले सेतो चिज खान नै छाडेँ । नुन, चिनी, चामल, मिठाइ पनि खादिनँ ।’

यो अभ्यास गर्न थालेपछि आफूले मिठाई छाडेको उनले बताइन् । हप्तामा २-३ पटक मिठाई खाने गरेकी बषर्ाले अहिले यो चटक्कै छाडेकी छिन् । पर्दामा देखिने कलाकारका लागि फिटनेश औधि जरुरी छ । अझ नायिकाको हकमा त थोरै मोटी देखिदा पनि दर्शकले टिप्पणी गर्ने, काम नपाइने पिर हुन्छ । अर्कोतिर लामो समयसम्म पनि फिट र जवान देखिनुपर्ने वाध्यता उनीहरुलाई छ ।
तस्विर तथा भिडियाेः शंकर  गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment