Comments Add Comment

टाटा मोटर्स र सिप्रदी ट्रेडिङले गरे ‘वाकाथन’

१८ चैत, काठमाडौं । ‘शिक्षामा समानता आजको आवश्यकता’ भन्ने मुलनाराको साथ टाटा मोटर्सले तथासिप्रदी ट्रेडिङ्गले राजधानीमा वाकाथन सम्पन्न गरेको छ ।

टाटा र यसको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्‍याउनु रहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर एक हजारका दरले टाटा र सिप्रदीले शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ ।

करिब ६२०जनाको उत्साहपुर्ण सहभागिता रहेको वाकाथन टाटा मोटर्सको शोरूम रहेको थापाथलीबाट सुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघर हुँदै पुन थापाथलीस्थित टाटाको शोरूममा आएर टुंगिएको थियो ।

कार्यक्रममा टाटा मोटर्स नेपालको लागि कन्टि्र म्यानेजर अजित नारायण सिंहले यस वर्ष पनि नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केहि नयाँ प्रयास गर्न पाएकोमा खुसी गरे । उनँले यस्ता कार्यक्रमले शिक्षा सम्बन्धि व्यापक चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरुलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थसम्शेर राणालेसधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पुरा गर्न कटिबद्ध रहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment