Comments Add Comment

लिभरपुलका तीन फरवार्डलाई रोक्न असम्भवः गार्डिओला

१९ चैत काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले लिभरपुलका तीन फरवार्डलाई रोक्न लगभग असम्भव हुने बताएका छन् ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा सिटी र लिभरपुलबीच नेपाली समयअनुसार अप्रील ५ तारिखको दिन राति साढे १२ बजे प्रतिस्पर्धा हुँदैछ ।

च्याम्पियन्स लिगमा दुई इंग्लिस क्लब बाँकी रहेकोमा क्वाटरफाइनलमा दुवैको भेटले खेल महत्वका साथ हेरिएको छ ।

खेलअघि सिटीका प्रशिक्षक ग्वार्डिओले मोहम्मद सलाह, रोबर्टो फर्मिनो र सडियो मानेलाई रोक्न कठीन हुने बताए ।

प्रिमियर लिगमा म्यानचेष्टर सिटीपछि सबैभन्दा धेरै गोल गर्ने टिम लिभरपुल नै हो । शीर्ष स्थानको सिटीले ३१ खेलमा ८८ गोल गरेको छ भने तेस्रोमा रहेको लिभरपुलले ३२ खेलमा ७५ गोल गरेको छ ।

लिभरपुलका मोहम्मद सलाह एक्लैले ३७ गोल गरेका छन् । माने र फर्मिनोले ३८ गोल गरेका छन् । ‘सलाहको मात्रै डर होइन, माने र फर्मिनो पनि कडा छन् । उनीहरुलाई रोक्न लगभग असम्भव छ’ गार्डिओलाले भने ।

पि्रमियर लिगमा यसपटक लिग लिडर म्यानचेष्टर सिटीलाई हराउने एकमात्र टिम पनि लिभरपुल हो । १४ जनवरीमा लिभरपुलले सिटीलाई ४-३ ले हराएको थियो ।

यद्यपि यो च्याम्पियन्स लिगको क्वार्टरफाइनल भएकाले आफूहरुका लागि केही सहज हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment