Comments Add Comment

‘धुर्मुस’ले खुलेआम किस गर्न खोज्दा ‘सुन्तली’ लाजले भुतुक्कै


हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ समाजसेवाका कारण चर्चामा छन् । ४ वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेको यो जोडीले अब अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी थालेको छ । यसकारण पनि यो जोडीले सर्वत्र चर्चा पाइरहेको छ ।

सामाजिक काममा लाग्दै गर्दा अति बेफुर्सदी बनेका छन् उनीहरु । तर, पनि यो जोडीको व्यक्तिगत जीवन भने निकै रोमान्टिक छ । उनीहरुको मायाप्रेम सार्वजनिक कार्यक्रमहरुमा पनि देख्न पाइन्छ ।

हालै काठमाडौमा आयोजना भएको एक अवार्ड समारोहमा भेटिएका धुर्मुस र सुन्तलीले क्यामेराको अगाडि रोमान्टिक पोजमा तस्बिर खिचाए । केही समय अगाडि आयोजना भएको एक चलचित्रको पि्रमियर शोमा पनि उनीहरुले स्टेजमै माया पोखेका थिए ।

तर, यसपटक चाहिँ सिताराम बढि चुलबुले बन्दा कुञ्जना लजाइन् । सितारामले क्यामेराकै अगाडि गालामा किस गर्न खोज्दा कुञ्जना तर्किएकी थिइन् । यसपछि, दुखेसो गर्दै धुर्मुसले सञ्चारकर्मीसँग भने-‘मैले त प्रयास गरेकै हो नी । के गर्नु उताबाट स्वीकृत भएन ।’

के हुन्छ अभिनय यात्रा ?
रोमान्टिक जोडी सिताराम र कुञ्जनालाई दर्शकले पर्दामा पनि हेर्न चाहिरहेका छन् । उनीहरुले दर्शकको चाहना आफूहरुले वुझेको बताए । सितारामका अनुसार, उनीहरु चाडै नै अभिनयमा र्फकदैछन् । उनले भने- ‘हामी आफूले नै चलचित्र निर्देशन गर्ने कि अरुको चलचित्रमा खेल्ने भन्ने बिषयमा छलफल पनि गरिरहेका छौ । चाडै नै यो बिषयमा जानकारी गराउनेछौ ।’

यो जोडीलाई चलचित्र निर्देशन, अभिनय, लेखनका लागि निकै महंगो रकममा प्रस्ताव पनि आएको बुझिएको छ । सितारामले यी सबै बिषयमा कुरा चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment