Comments Add Comment

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै, भारत भ्रमणबारे जानकारी गराउने


२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दैछन् । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्पराअनुसार ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभा बैठक दिउँसो ४ बजे बस्दैछ ।

बैठकलाई सम्बोधनको क्रममा ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउने उनको सचिवालयले जनाएको छ । ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जाँदैछन् । भारत भ्रमणमा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्रीले जानकारी गराउने छन् ।

भ्रमणको क्रममा नयाँ सम्झौता नहुने यसअघि नै सरकारले स्पष्ट पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment