+
+
Shares

दयाहाङ राई ‘भिलेन’ बन्दा ‘नेप्टे’लाई के फाइदा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १५:०६


चलचित्रको पर्दामा नायक दयाहाङ राइको अभिनयको तारिफ जति गरेपनि कमै हुन्छ । दयाको अभिनयले नै उनलाई चलचित्र क्षेत्रमा फरक बनाएको छ । तर, धेरै चलचित्रमा काम गर्दा दया आलोचित पनि बनेका छन् ।

दयालाई चलचित्रको पर्दामा दर्शकले नायकको रुपमा धेरै पटक हेरे । तर, यसपटक उनलाई दर्शकले भिलेनको रुपमा हेर्न पाउनेछन् । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नेप्टे’मा दयाहाङ राई खलपात्रको भूमिकामा देखिदैछन् । यो चलचित्रमा उनले हिरोको कुटाई खाएका छन् । यसैले पनि दर्शकका लागि यसपटकको दयाको यो रुप फरक टेष्टको हुनेछ ।

चलचित्रमा रोहित रुम्बा, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यसपटक, रोहित र वुद्धिको भिडन्त दयासँग पर्नेछ ।
नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्रले दर्शकलाई रमाइलो दिने निर्माता तथा नायक रोहित रुम्बाको भनाई छ । चलचित्रमा आफ्नो भूमिकालाई लिएर दया पनि उत्साहित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?