+
+
Shares

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै काम गर्दिनँः प्रधानमन्त्री

'भारतसँग जलमार्ग र रेलमार्गबारे कुरा गर्छुुु'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते २०:१७

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।

आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।’

आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने उनले बताएका छन् ।

ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’

जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।

आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायत चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिए ।

अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको अहित हुने, शिर निहुरिने कुनै काम हुँदैन, गरिने छैन ।’

हेर्नुस् भिडियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?