+
+

वाइडबडी मर्मतको जिम्मा निजी कम्पनीलाई दिने निगमको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १७:५१


२० चैत काठमाडौं । नेपाल वायुसेवा निगमले ल्याउन लागेका २ वटा वाइडबडी जहाजको मर्मतको जिम्मा निजी कम्पनीलाई दिने तयारी थालेको छ । यस्तो मर्मत सम्भारको काम इन्जिन निर्माता कम्पनी रोल्स रोजीलाई दिँदा प्रभावकारी हुने भन्दै यसको लागि आवश्यक प्रक्रिया समेत सुरु गरेको निगमले जानकारी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगमले निर्माता कम्पनीले मात्रै दिन सक्ने सेवा खरिद गर्न सर्वाजनिक खरिद ऐन २०६३ मा बिना टेन्डर सोझै खरिद गर्न सक्ने प्रावधान रहेकाले १२ वर्षका लागि ४ वटै इन्जिनको मर्मत गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिन लागेको बताएको छ । टोटल केयर प्याकेज भन्ने सेवा यो कम्पनीले मात्रै दिनसक्ने निगमको दावी छ ।

निगमले २ वटा वाइडबडीसँगै ६ वटा ट्वीनटर जहाज पनि थप्ने योजना बनाएको छ । र, ४० वर्ष अघि खरिद गरिएका ३ वटा पुराना ट्वीनटर जहाजलाई १८ महिना भित्रै प्रतिस्थापन गर्ने निगमले योजना बनाएको छ ।

‘२ वटा ट्वीनटर जहाज चालु अवस्थामा छन् भने एउँटा बिग्रेर बसेको छ । अब यि पुराना सबै जहाजलाई नयाँ जहाज खरिद गरेर प्रतिस्थापन गरिन्छ,’ निगम प्रवक्ता श्रेष्ठले भने ।

निगमको कूल आयलाई बढाउँदै लैजाने मूल उद्देश्यका साथ विमान खरिदको कामलाई पहिलो प्राथमिकतामा राखिएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

निगमले नयाँ विमान थप्ने कामसँगै सबै पुराना विमानहरु पनि १८ महिना भित्र प्रतिस्थापन गर्ने योजना पनि अघि सारेको छ । त्यसैगरी निगमले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

त्यसका लागि इन्जिनियरिङ र संचालनतर्फ एक/एक जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको पनि प्रबन्ध निर्देशक कंसाकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?